२३ जेठ २०८३, शनिबार

संशोधनमा दुई तिहाइको कसरत

कात्तिक २०, २०७४
संशोधनमा दुई तिहाइको कसरत
काठमाडौं, ६ माघ-संसद्मा विचाराधीन संविधान संशोधन विधेयक पारित गराउने रणनीतिअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रतिनिधित्व गर्ने साना दललाई सरकारमा सहभागी गराउने भएका छन् ।प्रधानमन्त्री दाहालले साना दलका तर्फबाट केहीलाई समेटेर बिहीबार (आज) मन्त्रिपरिषद् विस्तार गर्दै छन् । संविधान संशोधनको अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई बिहीबार नै मन्त्रीका रूपमा शपथग्रहण गराउने भएका हुन्, आजको राजधानीमा खबर छ ।1442572954403_RoS-Ktm-Sambidhan

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री बनाउन लागिएको हो ।
सरकार गठनको पाँच महिना पुग्नै लाग्दा सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको हो । ‘अरू दललाई पनि सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ, तर त्यसबारे टुंगो लागिसकेको छैन,’ मन्त्री महराले भने । सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । सो मन्त्रालय हाल प्रधानमन्त्री आफैंसँग छ । यस्तै, खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । संसद्मा दर्ता भएर कार्यसूचीमा प्रवेश गरेको संविधान संशोधन विधेयक पारित गराउने रणनीतिअनुसार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्