०६ साउन २०८३, बुधबार

एसपीजी अटोमोबाइल्स ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित

बैशाख १७, २०८२
काठमाडौं
एसपीजी अटोमोबाइल्स ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सबब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स  प्रालि, ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ । 

उक्त सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु शहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो, जहाँ चेरीको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन् । 

सम्मेलनमा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई यो अवार्ड हस्तान्तरण गरेका थिए । 

१२० भन्दा बढी देशका ३,००० भन्दा बढी डिलरहरूको सहभागिता रहेको यस अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धी प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचार अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्‍यो । 

सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारी, चेरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङ्गयुए र चेरी इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङ आदिको विशिष्ट उपस्थिति रहेको थियो ।

एसपीजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनीको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो ।

null

यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटी) प्रवर्द्धनप्रति कम्पनीको प्रतिबद्धता र सक्रियतालाई उजागर गर्ने कम्पनीले जनाएको छ । 

ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा इ-फाइभ’ ईभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सब-ब्रान्ड ‘जेइको जे-सिक्स’ इएसयूभी प्रस्तुत गरेको थियो । 

यी नवीनतम ईभी ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपीजी अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडी सफलतापूर्वक बिक्री गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।


एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एन्ड जेइकोको नेपालको लागि आधिकारिक वितरक हो । 

salt training

कमेन्ट गर्नुहोस्