
सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकारात्मक भएको छ ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकारात्मक भएपछि मन्त्रीहरू बालुवाटार प्रस्थान गरेका छन् ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । साथै, सहमति हुने दिशातिर कुरा अघि बढेको उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्दैछ । शिक्षकहरूसँग वार्ता गरेर शिक्षामन्त्री पन्त, गृहमन्त्री रमेश लेखक बालुवाटार हिँडेका हुन् ।
महासंघसँग भएको वार्ताको सहमति हुनसक्ने बुँदा बोकेर मन्त्रीहरू बालुवाटार गएका हुन् । वार्तामा कांग्रेस, एमाले प्रमुख सचेतक पनि सहभागी थिए ।