
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकले आन्दोलनरत शिक्षकहरूको मागका सम्बन्धमा आवश्यक निर्णय गर्ने बताइएको छ ।
आजै भएको सरकार र शिक्षकहरूबिचको वार्तामा सहमति भएको बताइएको छ । सहमतिबारे थप निर्णय मन्त्रिपरिषद्ले गर्न लागेको एक मन्त्रीले बताए ।