
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । उक्त सहमति बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।
सहमति अनुमोदन भएसँगै शिक्षामन्त्री रघुजी पन्तले बुधबार राति नै सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शिक्षकहरुको आन्दोलन स्थगित भएको जानकारी गराए ।
९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री पन्तले सहमति कार्यान्वयन गर्न सरकारलाई ८ अर्ब दायित्व बढ्ने जानकारी गराए ।