२३ असार २०८३, मंगलबार

७ सय ८३ किलो गाँजा सहितको ट्रक बरामद, २ जना पक्राउ

बैशाख १८, २०८२
काठमाडौं
७ सय ८३ किलो गाँजा सहितको ट्रक बरामद, २ जना पक्राउ

सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त सुरक्षाफौजले गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई बुधवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

  धरान उप - महानगरपालिका- १३  निशाने डाँडा स्थित कोशी लोकमार्गमा  भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा र  ना ७ ख २८१ लेखिएको   नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइबर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजा सहितको  ट्रक , चालक सुनसरी जिल्ला  बराहक्षेत्र नगरपालिका -१ बस्ने ३१ वर्षका  मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ वर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको उनको भनाइ छ ।  नियन्त्रणमा लिइएकाहरूलाई गाँजा र ट्रक सहित  आवश्यक कारबाहीको लागि बुधवार राती नै  जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको थापाले बताए । यस अघि बुधवार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन बेस  धनकुटाले ४ सय २१ किलो गाँजा सहितको कार नियन्त्रणमा लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्