३१ जेठ २०८३, आइतबार

देउवा र ओलीको  यस्तो जुहारी

मंसिर १५, २०७४
देउवा र ओलीको  यस्तो जुहारी

काठमाडौँ, १५ मङ्सिर- एमाले अध्यक्ष केपी ओलीले मंसीर ७ गते प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराको आमसभामा भने,’चार पटक प्रधानमन्त्री भएको जिल्लामा विकास यस्तै हुन्छ ?’ ओलीले डडेलधुराको विकास निर्माण नभएको मुद्दा मात्रै उठाएनन् त्यहाँ, देउवाको गृहजिल्लाबाटै उनलाई अन्तिम प्रधानमन्त्री भनेर चेतावनी दिए । 

लगतै देउवाले ओलीको निर्वाचन क्षेत्रमै ‘काउन्टर’ दिने सोच बनाए र देउवाकै आग्रहअनुसार गत सोमबार झापा कांग्रेसले निर्वाचन क्षेत्र ५ अन्तर्गत गौरादहमा कार्यक्रम आयोजना गर्‍यो । त्यही कार्यक्रमबाट देउवाले पनि ओलीलाई कम्युनिष्ट सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्दै जबाफ त फर्काए । तर, यी विपरित दुई ध्रुवको नेतृत्व गरेका नेताहरुको जुहारी भने अझै रोकिएको छैन । 

बुधबार गृह जिल्ला आइपुगेका ओलीले विहीबार नै झापाका तीनवटा कार्यक्रममा सम्वोधन गर्दे प्रदेश र केन्द्रमा अब बाम गठबन्धनको सरकारलाई कसैले रोक्न नसक्ने भनाई दोर्‍याउँदै भने, देउवाको यो सरकारनै कांग्रेसका लागि अन्तिम हुनेछ ।’ 

ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाप्रति बढी नै आक्रामक बने, जति झापाका स्थानीय कांग्रेस उम्मेदवारप्रति भएनन । उनले केन्द्रका नेताहरुले विगारेको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताको सहानुभूति लिने प्रयास पनि गरे । 

विर्तामोड चोकमा आयोजना भएको कार्यक्रममा ओलीले ‘म्याचफिक्सिङ’ नहुने र राप्रपा उम्मेदवारलाई बेइमानी नगर्ने स्पष्टक्ति पनि दिए, कान्तिपुरमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्