०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

बैशाख १८, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न चौथाइवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

चौथाइवालेले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्