०९ साउन २०८३, शनिबार

विश्वभर रहेका नेपालीलाई पार्टीमा आबद्ध गराएर समृद्धि हासिल गर्ने नीति तय गर्छौं : पूर्णबहादुर खड्का

बैशाख १८, २०८२
काठमाडौं
विश्वभर रहेका नेपालीलाई पार्टीमा आबद्ध गराएर समृद्धि हासिल गर्ने नीति तय गर्छौं : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आबद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताएका छन् । 

नेपाली कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तरक्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नुपर्ने बताए ।

‘असन्तुष्टिलाई सम्बोधन गरेर काम गर्छौं, यसले सृजनात्मक भावना पैदा गर्छ, नकारात्मकताले निराशातिर लैजान्छ, निराशा हैन, असन्तुष्टिलाई स्वीकार गर्दै सम्बोधन गरेर समायोजन गरी समृद्धि हासिल गर्न लाग्नुपर्छ, स्थायित्वको अभियान अगाडि बढाउनुपर्छ । कहाँकहाँ कमजोरी छन्, कहाँकहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ काम गर्छौं, संविधान संशोधन गर्छौं, समृद्ध बनाउँछौं’, उनले भने ।      
     
उपसभापति खड्काले कांग्रेसको नेतृत्वमा आएको संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशी, लोकतान्त्रिक व्यवस्था, गणतान्त्रिक पद्दतिलाई जोगाएर देशलाई समृद्ध बनाउनुपर्ने बताए । उनले जनसम्पर्क समितिमार्फत् झुट्टा प्रचारप्रसार र प्रवृत्ति रोक्दै परिस्थितिको सामना गरी अगाडि बढ्न सहयोग गर्न आग्रह गरे । 

विश्वभर रहेका गैरआवासीय नेपालीलाई समस्या नहुने गरी कानून निर्माण गरेर संसद्‌बाट पारित गर्ने उनले प्रतिबद्धता जनाए । 

उपसभापति खड्काले विदेशमा रहेका नेपालीको जीवन सहज बनाउन र समस्या समाधानमा परराष्ट्र मन्त्रालयले भूमिका निर्वाह गर्दै आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्