१७ असार २०८३, बुधबार

किकबक्सिङ खेलाडीहरूलाई लक्षित गरेर एन्टिडोपिङ सचेतना कार्यक्रम सम्पन्न

बैशाख १८, २०८२
काठमाडौं
किकबक्सिङ खेलाडीहरूलाई लक्षित गरेर एन्टिडोपिङ सचेतना कार्यक्रम सम्पन्न

किकबक्सिङ खेलकुदमा सक्रिय युवा खेलाडीहरूलाई लक्षित गर्दै राष्ट्रियस्तरको एन्टिडोपिङ सचेतना कार्यक्रम बिहीबार भक्तपुरमा सम्पन्न भएको छ। 

कार्यक्रमको उद्देश्य खेलाडीहरूलाई डोपिङ सम्बन्धी जानकारी प्रदान गर्दै उनीहरूलाई स्वच्छ र नैतिक खेलकुद अभ्यासमा प्रेरित गर्नु रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रममा डोपिङविरोधी अभियानमा संलग्न विज्ञ राष्ट्रिय एन्टिडाेपिङ एजेन्सिका संस्थापक संयोजक डा. अशिम भण्डारी तथा खेलकुद सचेतना प्रशिक्षक शारदा हुमागाईंले प्रशिक्षण प्रदान गरेका थिए।  

डा. भण्डारीले डोपिङको स्वास्थ र स्वच्छ प्रतिस्पर्धामा पर्ने  असर, त्यसको दीर्घकालीन स्वास्थ्यमा पर्ने प्रभाव, खेलकुद क्षेत्रको विश्वसनीयता र निष्पक्षतामा पर्ने नकारात्मक प्रभावहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले विश्व एन्टिडोपिङ एजेन्सीका मापदण्ड तथा निषेधित पदार्थहरूको प्रयोगका कानुनी पक्षहरूबारे पनि जानकारी गराए।

null

 कार्यक्रममा सहभागी विभिन्न  जिल्लाका विभिन्न किकबक्सिङ क्लब तथा प्रशिक्षण केन्द्रहरूबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले कार्यक्रम अन्तर्गत प्रस्तुत विषयहरूमा प्रश्नोत्तर सत्रमार्फत सक्रिय छलफल समेत गरेका थिए।

एन्टि–डोपिङका विषयमा यस्तो प्रकारको सचेतना अभिवृद्धि कार्यक्रमले समग्र खेलकुद क्षेत्रलाई नैतिक, स्वच्छ र दिगो दिशातर्फ उन्मुख गराउने आयोजकको विश्वास छ।

salt training

कमेन्ट गर्नुहोस्