१२ असार २०८३, शुक्रबार

ट्याक्टरसहित तीनजना नियन्त्रणमा

बैशाख १८, २०८२
धनुषा
ट्याक्टरसहित तीनजना नियन्त्रणमा

डिभिजन वन कार्यालय धनुषाले  अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।  

मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको सूचनाको आधारमा आज वनका कर्मचारीको टोलीले ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख विनोद सिंहले जानकारी दिए । 

सवडिभिजन वन कार्यालय पुष्पवलपुर तथा जिल्लाबाट खटिएको संयुक्त टोलीले ज१त ४८५६, ज१त ६३७७ तथा मधेस प्रदेश ०२–००१ २८७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए । ट्याक्टरसँगै मिथिला नगरपालिका–५ विश्रामपुरका सामेली उछामी, समिर भुजेल र सुन्दर कुमारलाई नियन्त्रणमा लिइएको हो । कार्यालय प्रमुख सिंहले नियन्त्रणमा लिएका तीनै जनामाथि वन ऐनअनुसार कारबाही हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्