२८ असार २०८३, आइतबार

बागमतीसहित पाँच प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

बैशाख १९, २०८२
काठमाडौं
बागमतीसहित पाँच प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज बिहान लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ । दिउँसो देशभर कोशी प्रदेशलसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसैगरी, बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभावसमेत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्