
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आफ्नो पद छोड्ने भएका छन् । सीबीएस न्यूज र समाचार एजेन्सी रोयटर्सका अनुसार माइक वाल्ट्जका सहयोगी एलेक्स वोङले पनि आफ्नो पद छोड्दैछन्।
माइक वाल्ट्जले यमनमा उच्च पदस्थ अधिकारीहरूले सैन्य हमलाको योजना बनाएको समूह च्याटको जिम्मेवारी लिएको लगभग एक महिनापछि यो खबर आएको हो । यस समूह च्याटमा अनजानमा एक पत्रकार थपिएका थिए । वाल्ट्जले फक्स न्यूजलाई भने, 'म यसको पूर्ण जिम्मेवारी लिन्छु। मैले यो समूह सिर्जना गरेको हुँ।' उनले यो लज्जास्पद भएको पनि बताए ।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा आफ्नो पद त्याग्ने वाल्ट्ज पहिलो उच्च पदस्थ सदस्य हुन् । चुनाव जितेपछि ट्रम्पले नियुक्त गरेका पहिलो व्यक्तिहरूमध्ये वाल्ट्ज पनि थिए ।