२२ असार २०८३, सोमबार

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टचार भेट

बैशाख १९, २०८२
काठमाडौं
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टचार भेट

राष्ट्रपति रामचन्द्र पाौड्लसँग अजरबैजानका उपविदेशमन्त्री  एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा  राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति  भएकोमा खुशी व्यक्त गरे । 

दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने उनले बताए । 

कोप-२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास उनले व्यक्त  गरे । 

उपविदेशमन्त्री  मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउँदै ३० वर्षसम्म कुनै  समझदारीपत्रमा हस्ताक्षर हुन नसके  पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्