१२ असार २०८३, शुक्रबार

दिल्लीमा भारी वर्षा: सय बढी उडान अवरुद्ध, घर भत्किँदा चार जनाको मृत्यु

बैशाख १९, २०८२
काठमाडौं
दिल्लीमा भारी वर्षा: सय बढी उडान अवरुद्ध, घर भत्किँदा चार जनाको मृत्यु

शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको हो । 

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएका छन् र १०० भन्दा बढी उडानहरू डिले भएका छन्। दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्