२५ असार २०८३, बिहीबार

केआईआईटीमा नेपाली छात्राको शङ्कास्पद मृत्यु : घटनाको छानबिन गर्ने भारत सरकारको प्रतिबद्धता

बैशाख १९, २०८२
काठमाडौं
केआईआईटीमा नेपाली छात्राको शङ्कास्पद मृत्यु : घटनाको छानबिन गर्ने भारत सरकारको प्रतिबद्धता

भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी​ (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्राको निधनप्रति भारत सरकारले शोक व्यक्त गरेको छ । 

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे जानकारी प्राप्त भएदेखि नै ओडिशा राज्य सरकारसँग समन्वय गरिरहेको जनाएको छ । 

ओडिशा सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र ओडिशा प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको बताउँदै नेपाल सरकार, ओडिशा सरकार र केआईआईटी विश्वविद्यालयसँग निरन्तर सम्पर्कमा रहेर वास्तविक समयमा सूचना आदानप्रदान र समन्वय गरिरहेको जनाएको छ । 

कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत प्रिसा साहले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ ।

साह बिहीबार मृत फेला परेकी थिइन् । ​

यसैबीच भारतीय दूतावास काठमाडौंले पनि विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ । ​

भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्