
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतम सँगै देखिएका छन् ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद्को संयुक्त बैठकमा नेपाल र गौतम सँगै देखिएका हुन् । एकीकृत समाजवादीका सांसदहरू बसेकै लहरमा गौतम बसेका हुन् ।
यस अघि समाजवादीमा आउने भन्दै अन्तिम टुंगो लगाएका गौतमले एमालेतिर जाने गरी संवाद गरेका थिए ।
एमालेतिरै जाने भन्दै उत्साह व्यक्त गरे पनि गौतमको लागि त्यहाँ समेत बाटो खुलिसकेको छैन । कता जाने भन्ने टुंगो नलागिरहेका बेला संसद्मा दुवै नेता फेरि सँगै देखिएका हुन् ।
नेपाल प्रतिनिधिसभा सदस्य हुन् । गौतम राष्ट्रियसभामा मनोनीत सदस्य हुन् ।
दुवैको पूर्व पार्टी नेकपा एमाले हो ।