०८ असार २०८३, सोमबार

विगतमा घोषणा गरिएका परियोजनालाई पुनः प्राथमिकीकरण गरिने

बैशाख १९, २०८२
काठमाडौं
विगतमा घोषणा गरिएका परियोजनालाई पुनः प्राथमिकीकरण गरिने

सरकारले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूलाई पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

‘विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, परियोजनालाई वर्गीकरण गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने र यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी  समय तालिका निर्धारण गरिनेछ ।’  

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्