सरकारको आर्थिक वर्ष २०८२/०८३ का सरकारका नीति तथा कार्यक्रम पेश गरेर राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवनबाट बाहिरिएका छन् ।
शुक्रबार बसेको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठकमा राष्ट्रपतिले एक घण्टा लगाएर सरकारका नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रमबाट समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बन्ने राष्ट्रपतिले विश्वास लिए ।
सरकारका नीति तथा कार्यक्रममाथि संसद्मा आइतबारदेखि छलफल हुनेछ ।