०१ असार २०८३, सोमबार

ओलीले शिलान्यास गर्ने पुल माओवादी नेताले अघिल्लै दिन गरिदिए

कात्तिक २०, २०७४
ओलीले शिलान्यास गर्ने पुल माओवादी नेताले अघिल्लै दिन गरिदिए
दमक, ६ माघ - एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ हुँदै मोरंगको राजघाट–९ जोड्ने बेतेनी-माँवा-आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेतालले शिलान्यास गरेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।kp oli1
आफूहरुको पहलमा पारेको योजनाको पुल एमाललेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका हुन्।
पुल ओलीको पहलमा नभई आफूको पहलमा पारेको केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज समेत रहेका पुरीको दाबी छ। ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको थियो। शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नगरी एमालेले एकलौटी ढंगबाट पुलको शिलान्यास गर्ने तयारी गरेकाले आफूहरुले प्रतिकार गर्नु परेको बताए।
उनले भने, ‘ओलीजी, यो देशको पूर्वप्रधानमन्त्री हो, यो पुल शिलान्यास गर्न उहाँलाई अधिकार छ, तर हामीले दुःख गरेर योजनामा पारेको पुलको शिलान्यासको खबर त कमसेकम हामीलाई हुनुपर्ने थियो। त्यो भएन त्यसैले यसको प्रतिकार स्वरुप पुलको शिलान्यास गर्नुपरेको हो।’कार्यक्रममा बोल्दै पुरीले ओली शिलान्यासको ठेकेदार भएको आरोप लगाए।

salt training

कमेन्ट गर्नुहोस्