२३ जेठ २०८३, शनिबार

प्रतिकूल बकपत्र गरेको आरोपमा ५ जना सरकारी साक्षीविरुद्ध मुद्दा दायर

बैशाख १९, २०८२
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा ५ जना सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमप्रकाश गुप्ता भन्ने ओमप्रकाश तेलीसमेत प्रतिवादी रहेको किर्ते गरी भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका उनीहरूले प्रतिकूल बकपत्र परेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ बस्ने रामकिशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवटविरुद्ध मुद्दा दायर गरिएको छ । 

आयोगले उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजाय सरह नै सजायको मागदाबी गरेको छ ।

यस्तो छ अभियोग पत्र

 

salt training

कमेन्ट गर्नुहोस्