१२ असार २०८३, शुक्रबार

गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिने

बैशाख १९, २०८२
काठमाडौं
गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिने

सरकारले सबै नेपाली नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गर्ने भएको छ ।

आज सङ्घीय संसद्‌मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि लगानी वृद्धि, सेवा दक्षता, प्रभावकारिता र सुशासन कायम गर्ने उल्लेख छ ।

कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, 'प्राकृतिक विपद् प्रभावित तथा अधुरा खानेपानी आयोजनाहरूको निर्माण, मर्मत र सञ्चालन गरी पानीको पहुँच पुर्‍याइनेछ, जलाशययुक्त खानेपानी आयोजना र भूमिगत पानी स्रोतको पुनर्भरणलाई प्राथमिकता दिइनेछ ।'

सरकारले स्थानीय तह र उपभोक्ताको सह लगानीमा खानेपानी र सरसफाइका आयोजना एकीकृत रूपमा कार्यान्वयन गर्नुका साथै खानेपानी संस्थान लगायत काठमाडौं उपत्यकामा खानेपानी सेवा सञ्चालन गर्ने निकायहरूको पुनः संरचना गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्