
काठमाडौं, १५ मंसिर — पाकिस्तानको पेशावरस्थित कृषि निर्देशनालयको होस्टेलमा शुक्रवार आतंकवादी आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा १२ जना घाइते भएको बताइएको छ ।
शुक्रवार सबेरै गोली चलेसँगै आक्रमण भएको थियो । बुर्का लगाएका तीनजना मानिस भवनमा छिरेर आक्रमण शुरु गरेका थिए ।
ईद मिलादुन नबी मनाउनका लागि बन्द भएको निर्देशनालयको होस्टेलमा आतंकवादीहरू छिरेका थिए ।
होस्टेलमा कतिजना छन् भन्ने प्रस्ट छैन तर उनीहरूलाई सुरक्षित उद्धार गर्न कारवाही चलाइएको छ ।
प्रहरी, सेना र फ्रन्टियर कोरका जवानहरू घटनास्थलमा पुगेका छन् । उक्त ठाउँलाई घेरिएको छ । सेनाको हेलिकप्टरले निगरानी गरिरहेका छन् ।
एजेन्सी