०५ असार २०८३, शुक्रबार
सँगै अस्ताए दाजुभाइ

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

बैशाख २०, २०८२
बुटवल
पोखरीमा डुबेर दाजुभाइको मृत्यु

पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । 

जिल्लाको सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पाखरीमा डुबेर मृत्यु भएको हो । 

शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुनवलका इन्पेक्टर सन्तोष पौडेलले लोकान्तरलाई जानकारी दिए । 

उनीहरू स्थानीय  जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

salt training

कमेन्ट गर्नुहोस्