०९ साउन २०८३, शनिबार

एन्थोनी अल्बानिज फेरि अस्ट्रेलियाको प्रधानमन्त्रीमा निर्वाचित​​​

बैशाख २०, २०८२
काठमाडौं
एन्थोनी अल्बानिज फेरि अस्ट्रेलियाको प्रधानमन्त्रीमा निर्वाचित​​​

अस्ट्रेलियाका प्रधानमन्त्रीमा एन्थोनी अल्बानिज पुनः निर्वाचित भएका छन् । 

सन् २०२२ मा पहिलोपटक प्रधानमन्त्री बनेका अल्बानिज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विपक्षी दलका नेता पिटर डटनले निर्वाचनमा पराजय स्वीकार गर्दै अल्बानिजलाई बधाई दिएका छन् । जनताको निर्णयलाई सम्मान गर्ने बताउँदै डटनले अल्बानिजलाई बधाई दिएका हुन् ।

उनले अल्बानिजलाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भएकोमा शुभकामना पनि दिएका छन् ।​

अल्बानिज नेतृत्वको लेबर पार्टीले अपेक्षाकृत राम्रो परिणाम हासिल गर्दै पुनः सरकार गठन गर्ने अवस्था बनाएको बीबीसीले जनाएको छ । 

उनको जीतसँगै लेबर पार्टीले स्थायित्व र निरन्तरताको सन्देश दिएको विश्लेषण भइरहेको छ। प्रधानमन्त्री अल्बानिजले जनताको विश्वासलाई सार्थक बनाउने प्रतिबद्धता जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्