
नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावहरूसहित समर्थन गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।
राष्ट्रिय आवश्यकताका अधिक विषयहरू नीति तथा कार्यक्रममा समेटिएकाले आज बसेको संसदीय दलको बैठकले त्यसलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
उनका अनुसार शिक्षकहरूसँगको सहमतिअनुसार असार १५ गते भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ ।
विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसद्मा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको संसदीय दलको बैठकपछि उनले जानकारी दिए ।