२२ जेठ २०८३, शुक्रबार

माओवादी पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेको छ- प्रचण्ड

बैशाख २०, २०८२
काठमाडौं
माओवादी पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेको छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पका साथ जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्‌मा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताए ।

'विक्रम संवत् २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौं, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौं । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौं,' अध्यक्ष प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्