१६ असार २०८३, मंगलबार

एनआरएनको एकता महाधिवेशन सुरु,  आवासीय नेपालीहरूलाई एक भएर अघि बढ्न सुझाव

बैशाख २०, २०८२
काठमाडौं
एनआरएनको एकता महाधिवेशन सुरु,  आवासीय नेपालीहरूलाई एक भएर अघि बढ्न सुझाव

गैर आवासीय नेपाली(एनआरएनए)को एकता महाधिवेशन काठमाडौँमा सुरु भएको छ। परराष्ट्र मन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन सुरु भएको हो । 

सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा वनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौँमा एकता महाधिवेशन सुरु भएको हो । 

एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले एनआरएनए परिचय पत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् । उनले सर्वोच्चमा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रूपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैर आवासीय नेपालीहरू एक भएर अघि बढ्न पनि सुझाव दिइन् । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरूमा विवाद भन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे । उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भारत र चीनमा जसरी  एनआरएनएले लगानी गरेर देश विकास सुरुवात गरे नेपालले पनि यसबाट सिक्नुपर्ने पनि बताए  । 

त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरूको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए । 

कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए । उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अव युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए । 

उनले निर्वाचन विवादरहित बनाउन सदस्यता देखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए ।  तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ कार्यसमिति छानिनेछ । सोमबार कार्यक्रम समापन हुने छ। महाधिवेशनमाा बद्री केसी नेतृत्वको एनआरएनए भने सहभागी छैन । 

salt training

कमेन्ट गर्नुहोस्