१४ असार २०८३, आइतबार

अमेरिकाले नै किमलाई भड्काएको हो : रुस

मंसिर १५, २०७४
अमेरिकाले नै किमलाई भड्काएको हो : रुस

काठमाडौं, १५ मंसिर — रुसले प्योङयाङसँग सबै सम्बन्ध तोड्नुपर्ने आह्वानलाई अस्वीकार गर्दै उत्तर कोरियाली नेता किम जोङ–उनलाई जानीजानी भड्काएको आरोप लगाएको छ । 

वाशिङटनले किमलाई उत्तेजित बनाउने सबै काम गरिरहेको मस्कोले बताएको छ । अमेरिकाले युद्ध भएमा उत्तरको नेतृत्व पूरै ध्वस्त हुने बयान दिएको थियो । 

अमेरिकाले सबै देशहरूलाई उत्तर कोरियासँग कूटनीतिक र व्यापारिक सम्बन्ध तोड्ने आह्वान गरेको छ । 

उत्तरले अमेरिकाको कुनै पनि भूभागमा पुग्नसक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तेस्रोपटक परीक्षण गरेपछि अमेरिकाको चेतावनी आएको हो । 

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले उत्तर कोरियासँगको सबै सम्बन्ध तोड्नुपर्ने र उसलाई थप प्रतिबन्ध लगाउनुपर्ने वाशिङटनको आह्वानलाई धज्जी उडाए । 

‘हामी यसलाई नकारात्मक रूपमा हेर्छौं,’ उनले बेलारुसको राजधानी मिन्स्कमा पत्रकारहरूलाई बताए । ‘प्रतिबन्धबाट दिइने दबाब काम नलाग्ने भइसकेको हामीले निरन्तर बताइरहेका छौं ।’

अमेरिकाले किम जोङ–उनको शासनलाई उत्तेजित गराउन खोजेको आरोप लगाउँदै उनले उत्तर कोरियालाई ध्वस्त पार्न खोजेको हो कि होइन अमेरिकाले भन्नुपर्ने बताए । 

‘अमेरिकीहरूले के लक्ष्य लिएका हुन् भनी व्याख्या गर्नुपर्छ । उनीहरू उत्तर कोरियालाई ध्वस्त पार्ने कारण खोजिरहेका हुन् भने सिधै भन्नुप–यो अनि अमेरिकी नेतृत्वले यसलाई पुष्टि गर्नुपर्छ,’ लाभ्रोभले भने । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किमलाई ‘बिरामी छाउरो’ भन्दै नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्