०१ असार २०८३, सोमबार

यस ग्रहमा सात घन्टामा सकिन्छ एक वर्ष

मंसिर १५, २०७४
यस ग्रहमा सात घन्टामा सकिन्छ एक वर्ष

काठमाडौं, १५ मंसिर — पृथ्वीमा ३६५ दिनको एक वर्ष हुन्छ । त्यसमा गर्मी, जाडो र बर्खा पर्छ । 

तर एउटा यस्तो ग्रह फेला परेको छ जहाँ सात घन्टा हुनेबित्तिकै एक वर्ष पूरा हुन्छ । केप्लर टेलिस्कोपले यो ग्रह पत्ता लगाएको हो । 

यसलाई अन्तरिक्षको सबभन्दा तीव्र गतिको ग्रह मानिएको छ । 

ग्रहको अर्बिट पिरियड (घुम्ने गति) जम्मा ६.७ घन्टा भएको phys.org ले जानकारी दिएको छ । 

ग्रहको नाम EPIC 246393474 b हो । यसलाई C12_3474 b पनि भनिन्छ । 

वैज्ञानिकहरूले दिनदेखि वर्षको अनुपात हिसाब गरेर ग्रहमा सात घन्टाको एक वर्ष भएको पत्ता लगाएका हुन् । 

केप्लरले अहिलेसम्म दुई हजार ३०० ग्रहहरू पत्ता लगाइसकेको छ । उसले धर्तीनजिकै यो ग्रह पत्ता लगाएको हो । 

वैज्ञानिकहरूका अनुसार, नयाँ ग्रहमा स्टेलर रेडिएसनका कारण वातावरण पूरै बिग्रेको छ । पृथ्वीभन्दा पाँच गुणा ठूलो भएकाले पनि ग्रह विशेष छ । त्यहाँ भारी पत्थरहरू छन् जसमा ७० प्रतिशत आइरन हुने सम्भावना छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्