१३ असार २०८३, शनिबार

आज कति छ सुनको मूल्य ?

बैशाख २१, २०८२
काठमाडौं
आज कति छ सुनको मूल्य ?

साताको पहिलो कारोबार दिन आज एक प्रतितोला सुनको मूल्य एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी एक हजार ९६५ मा कारोबार भएको थियो ।  
    
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्