२८ जेठ २०८३, बिहीबार

पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय

नगरप्रमुख भन्छन्- यो सबै पालिकाको लागि सो केस प्रोजेक्ट हो
बैशाख २१, २०८२
काठमाडौं
पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय

ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । उक्त शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो ।

शौचालय शुरूआतको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागे पनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । ‘हाम्रो शहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ,’ उनले भने ।

पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने उनले बताए । महानगर प्रमुख महर्जन महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए ।

यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।

आधुनिक प्रविधिको अपाङ्गतामैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, १ वटा अपाङगतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ ।

अत्याधुनिक स्यानिटी सामग्रीसमेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्त्वपूर्ण भएको बताए ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको बताइन् ।

पर्यटकलाई सुविधा दिँदै पुरातात्विक महत्त्व पनि कायम राख्ने गरी महानगरले  अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको बताइन्  । 

महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयव मध्ये सार्वजनिक शौचालय पनि एक हो भएको बताए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरै वटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए ।

पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए । उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौ ।’

पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताए ।

महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्