१५ असार २०८३, सोमबार

चीनमा सडकजामबाट हैरान मानिसले सडक पेन्ट गरे, तिराइयो जरिवाना

मंसिर १५, २०७४
चीनमा सडकजामबाट हैरान मानिसले सडक पेन्ट गरे, तिराइयो जरिवाना

काठमाडौं, १५ मंसिर — अफिसबाट घर फर्किंदै गर्दा जाममा पर्ने समस्याबाट वाक्कदिक्क भएका एक व्यक्तिले सडकका लाइनलाई नै पेन्ट गरेर बदलिदिएका छन् । 

त्यहाँको स्थानीय पत्रिका मोडर्न एक्सप्रेसका अनुसार, उक्त व्यक्तिको उपनाम काई हो । सीसीटीभी फूटेजमा उनले ल्यानुआङाङको एक जंक्सनमा यातायातलाई अर्कैतिर मोड्नका लागि सडकको एरो वा तीर अर्कोतर्फ पेन्ट गरिरहेको देखिन्छ । 

प्रहरीले उक्त व्यक्तिमाथि १५० डलरको जरिवाना लगाएको छ । जरिवाना तिरेपछि व्यक्तिलाई छोडिएको छ । 

प्रहरीलाई प्राप्त भिडियोअनुसार काईले भने, ‘म कामपछि दिनदिनै बस चढेर घर जान्थें । बस त्यही बाटो भएर जान्थ्यो । त्यहाँ सधैं भारी जाम हुन्थ्यो । मैले देब्रेतिर जाने बाटोमा केही मात्र कार देखें । त्यसैले मैले एउटा सिधा एरो बनाएर
ड्राइभिङ लेन विस्तार गर्न चाहें । सिधै जानका लागि राजमार्गमा भएका दुई लेन अपर्याप्त थिए । त्यसैले प्रायः सधैं ढिलो हुने गर्थ्यो ।’

अधिकारीहरूले सडकको एरो ठीक पार्ने निर्देशन दिएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्