०४ असार २०८३, बिहीबार

विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र

बैशाख २३, २०८२
काठमाडौं
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र

 काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ ।

महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको गुनासोपछि यस्तो निर्देशन दिइएको हो । महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ ।

साथै, नेपाली भाषामा सम्वाद गरेकै कारण विद्यार्थीलाई दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न महानगरको चेतावनी छ ।

salt training

कमेन्ट गर्नुहोस्