३१ असार २०८३, बुधबार
असावधानीले परेको फसाद

जब नेपाली महिलाको गोप्य तस्वीर विदेशका हाकिमको मोबाइलमा पुग्यो...

बैशाख २३, २०८२
काठमाडौं
जब नेपाली महिलाको गोप्य तस्वीर विदेशका हाकिमको मोबाइलमा पुग्यो...
AI Genereted Photo

काठमाडौंको दक्षिणकालीमा बस्दै आएकी एक महिलाले होश गुमाउँदा जागिर त गुमाइन् नै, पारिवारिक नाता सम्बन्ध समेत खल्बलिएको छ ।

वैदेशिक रोजगारीका लागि मेक्सिको जाने क्रममा चिनजान भएका काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४ माकलबारीका सुदर्शन पण्डितले ती महिलालाई नारकीय जीवन भोग्न बाध्य पारेका हुन् । 

एक वर्षअघि पण्डितले महिलालाई विदेश जाने क्रममा भिसा लगाउने काममा सहयोग गरेका थिए । 

वैदेशिक रोजगार विभाग जाँदा उनीहरू सँगै हिँड्ने र खाजा खाने गर्दै आए । त्यति नै बेला उनीहरूबीच फोन नम्बर आदानप्रदान भयो ।

पण्डितले शेयर बजारमा लगानी गर्न महिलालाई सुझाव दिए । त्यति मात्रै होइन, शेयर खरिदबिक्रीको सबै काममा सहयोग गरिदिए । 

महिला विदेश गएका बेला उनले पण्डितलाई ‘विदेशबाट शेयर कारोबार गर्न मिलेन, तपाईंले नै खरिद–बिक्री गरिदिनुस्’ भनिन् । महिलाले ३३ नम्बर ब्रोकर (दक्षिणकाली इन्भस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि)मा खोलिएको युजर नेम र पासवर्ड पण्डितलाई पठाइदिइन् । 

मेक्सिकोमा काम गरिरहेकी ति महिलासँग पण्डितको दिनदिनै अन्तरंग कुरा हुन थाल्यो । पण्डितले ‘म तिमीलाई मन पराउँछु, तिमीलाई बिहे गर्छु,’ भन्दै फकाउन थाले । तर, महिलाले पण्डितको प्रस्तावलाई सिधै अस्वीकार गरिन् । 

पण्डितले ‘म सँग बिहे गरिनस् भने तेरो बुढालाई झुटा कुराहरू भनिदिन्छु, तेरो परिवार र आफन्तलाई मसँग सम्बन्धमा छ भनिदिन्छु, तेरो परिवारलाई मारिदिन्छु,’ भन्दै महिलालाई धम्की दिए । 

आफ्नो सार्वजनिक बेइज्जत हुने डरले महिलाले पण्डितलाई सम्झाउन थालिन् । पण्डित पुरानै ढिपीमा बसे । उनी नुहाएर बाथरुमबाट निस्किएलगत्तै ह्वाट्सएपमा भिडियो च्याटमा पण्डितसँग बोल्न थालिन् । 

पण्डितले त्यही मौकामा महिलालाई ‘यौनांग नदेखाए छोराछोरी मारिदिन्छु र सार्वजनिक बेइज्ज्यत गरिरिदन्छु’ भन्दै धम्की दिए । आफ्नो इज्जत र प्रतिष्ठामा आँच आउने डरले पण्डितले भने जसरी नै महिलाले आफ्नो यौनाङ्ग देखाइन् । ‘लाइभ’ भिडियोमा गफ गरिरहेका बेला महिलाले यौनांग देखाइदिए पछि पण्डितले ‘स्क्रिन शट’ गरी सुरक्षित राखे ।

महिलाले शेयरको हिसाबकिताब मागिन् । पण्डितले रिसको झोकमा विदेशकै ह्वाट्सएप नम्बरमा उक्त भिडियो र फोटो पठाइदिए । 

मेक्सिकन कम्पनीका हाकिमको मोबाइलमा ती महिलाको नग्न फोटो र भिडियो आएपछि उनीमाथि केरकार भयो । कम्पनीबाट ती महिला निकालिइन् । त्यसपछि उनी नेपाल फर्किइन् । 

महिलाका श्रीमानले किन यति छिटो आएको भनेर प्रश्न गरे । उनी बताउन बाध्य भइन् । त्यसपछि श्रीमानकै सल्लाहमा उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन पुगिन् ।

ब्यूरोले पण्डितलाई भोटाहीटीबाटै पक्राउ गर्‍यो । पण्डितले आफ्नो कर्तुत सहजै स्वीकार गरे । यही वैशाख २१ गते पण्डितविरुद्ध मुद्दा दर्ता भएको दीपकराज अवस्थीले जानकारी दिए । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक अवस्थीका अनुसार पीडित महिलाले रीतपूर्वक जाहेरी दिएपछि पण्डितलाई पक्राउ गरेर सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्