२६ जेठ २०८३, मंगलबार

एमाले नेता प्रदीप नेपालको निधन

बैशाख २३, २०८२
काठमाडौं
एमाले नेता प्रदीप नेपालको निधन

नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जानकारी दियो ।​

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

एमालेको ९ महिने शासनकालमा २०५१ सालमा नेपाल सञ्चारमन्त्री बनेका थिए ।

दोस्रो जनआन्दोलनपछि उनी पुनःस्थापित सरकारमा शिक्षामन्त्री भएका थिए । तर पछिल्लो समय नेपाल सक्रिय राजनीतिबाट टाढै बसेका थिए ।

वामपन्थी राजनीतिबाहेक नेपाल साहित्य, लेखन, गीत र संगीतमा सक्रिय थिए । नेपाल एमालेको मुखपत्र नवयुगको सम्पादक भएरसमेत काम गरेका थिए । दृष्टि र छलफल पत्रिकाको पनि सम्पादक भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्