२५ जेठ २०८३, सोमबार
पहलगाम आक्रमणको १५ दिनपछि भारतको हमला

पाकिस्तानमा भारतको हवाई हमला : आतंकवादी लुकेका ठाउँलाई निशाना, ३० जनाको मृत्यु

बैशाख २४, २०८२
काठमाडौं
पाकिस्तानमा भारतको हवाई हमला : आतंकवादी लुकेका ठाउँलाई निशाना, ३० जनाको मृत्यु

जम्मू-कश्मीरको पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका ९ 'आतंकवादी अड्डाहरू'मा हवाई हमला गरेको छ । मंगलबार राति साढे १ बजे 'अपरेशन सिन्दूर' अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो । 

भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, 'यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।'

पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार बहावलपुरमा भएको हवाई आक्रमणपछि ३० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार जैश-ए-मोहम्मदका ४, लश्कर-ए-तैयबाका ३ र हिजबुल मुजाहिदीनका २ आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो।

पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए । समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि प्रधानमन्त्री मोदीले रातभर अपरेशन सिन्दूरको निगरानी गरिरहेका थिए ।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीबाट गहिरो चिन्ता व्यक्त गरेका छन् । 'महासचिवले दुवै देशलाई अधिकतम संयम अपनाउन अपील गर्नुभएको छ। विश्वले अर्को भारत-पाकिस्तान सैन्य द्वन्द्वको जोखिम वहन गर्न सक्दैन,' उनले भनेका छन् । 

यद्यपि भारतीय सेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको दाबी गरेको छ । आतंककारी लुकेको ठाउँलाई निशाना बनाइएको भारतको दाबी छ । 

पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्