
सुर्खेत १५ मंसिर– सुर्खेत बहारतालका स्थानीयले राजनीतिक दलका नेताहरु आफ्नो पार्टीलाई भोट माग्न आएपनि भोटहाल्ने तरिकावारे कसैले नसिकाएको अुनासो गरेका छन् ।
सुर्खेतको बराहताल गाउँपालिकाको गिरीघाट र सुर्खेतकै छिन्चुमा लोकान्तर डटकमले शुक्रवार आयोजना गरेको मतदाता शिक्षा सचेतना कार्यक्रममा स्थानीयले तीनथरी मतपत्रमा भोट हाल्ने कुरा झण्झटिलो रहेको बताएका हुन् ।

२०७१ सालको बाढीका कारण विस्थापितहरु गिरीघाटमा छाप्रो र टहरामा बसीरहेका छन् । १ सय ४३ घरधुरी रहेको यो बस्तीमा अहिलेसम्म मतदाता शिक्षाको बारेमा कसैले जानकारी नगराएको उनीहरुले गुनासो गरे ।
‘तीनवटा भोटमा छाप लगाउने भन्ने सुनेको हो, तर अहिलेसम्म भोट हाल्ने तरिकाबारे हामीलाई कसैले सिकाएका थिएनन’ चन्द्रकाला गिमी रानाले भनिन, ‘अब चाँहि भोट हाल्न सक्छु ।’

गिरीघाटकी उर्मिला कार्कीले बस्तीका अधिकाशं महिला र बृद्धबृद्धालाई भोट हाल्ने तरिका थाहा नभएको बताइन् । ‘अब भने हाम्रो म तबदर हुँदैन’ कार्कीले भनिन् ।
गिट्टी कुटेर जवन यापनगर्दै आएका गिरीघाटका मतदाताहरु आशन्न प्रदेश सभा निर्वाचनपछि आफूहरुका समस्या समाधान हुँनेमा आशावादी छन् ।

यता छिन्चुका कतिपय मतदाताहरु भोट हाल्ने तरीकावारे अलमलमा रहेको बताए । ‘पहिला पहिला भोट हालेपनि यसपटक अहिलकति झण्झटिलो लागेको थियो’ मतदाता सचेतना कार्यक्रममा सहभागि भएका मनबहादुर बिकले भने, ‘मैले मात्र होइन गाउँकालाई पनि भोट हाल्ने तरिका सिकाउछु ।’