१२ असार २०८३, शुक्रबार

पहाडी भोटमा सबैको नजर, कसको चम्केला 'भाग्य' ?

मंसिर १६, २०७४
पहाडी भोटमा सबैको नजर, कसको चम्केला 'भाग्य' ?

वीरगन्ज, १६ मङ्सिर-  मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ। समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा। पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिन थालेका छन्। समुदायको भोट एकलौटी पार्न सके निर्णायक हुने ठानेर उम्मेदवारहरू मतदाता प्रभावित पार्न लागिपरेका छन्।
वीरगन्ज महानगरपालिकामा सीमित क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता छन्, जुन मुस्लिमपछिको सबैभन्दा ठूलो समूह हो। यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा छ। कांग्रेसका अनिलकुमार रुँगटा, संघीय समाजवादी फोरमका प्रदीप यादव र वाम गठबन्धनका विचारी यादवबीच त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्