०४ असार २०८३, बिहीबार

८२ वर्षीय मोहनविक्रमलाई यसरी तान्यो मायाले

मंसिर १६, २०७४
८२ वर्षीय मोहनविक्रमलाई यसरी तान्यो   मायाले

प्युठान, १६ मङ्सिर-  दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ।
 झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका गाउँघर डुल्दै छन्। मसालको संसदीय मोर्चा-राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन्।

बितेका निर्वाचनमा पनि उनी भूमीगत रूपमा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसारमा सामेल हुन्थे। जिल्लाका निश्चित ठाउँमा मात्र पुगेर उनले मतदातासँग भोट माग्ने गरेका थिए। तर, यसपालि भने उनको सक्रियता बढेको छ। 

सधैँ अर्धभूमिगत भइरहने सिंहको यसपालिको सक्रियतालाई प्रतिस्पर्धीले ‘पत्नी मोहको' आरोप लगाएका छन्। पत्नी उम्मेदवार भएकै कारण उनको क्रियाशीलता बढी देखिएको विपक्षीहरूले उनीमाथि आरोप लगाउँछन्। सिंहले आफू ६५ वर्षको हुँदा ०५८ सालमा २८ वर्षीया पौडेलसँग पछिल्लो गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्