०१ असार २०८३, सोमबार

मत हाल्न सिकेपछि मतदातामा उत्साह

मंसिर १६, २०७४
मत हाल्न सिकेपछि मतदातामा उत्साह

मोरङ, १६ मंसिर–दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन अब एक साता पनि बाँकी छैन । मतदाताहरु मतदान गर्न व्यग्र प्रतिक्षामा छन् । 

लोकान्तर सञ्चार प्रालिले बिहीबार मोरङको सुन्दर हरैंचामा आयोजना गरेको मतदाता शिक्षा अन्तक्र्रिया कार्यक्रममा मतदाताहरुले सही तरिकाले मतदान गर्ने तरिका सिकेको बताए । यसअघिको निर्वाचनभन्दा यो पटकको निर्वाचनमा फरक तरिकाले मत हाल्नुपर्ने व्यवस्थाबारे मतदाताहरु अनविज्ञ थिए । 

यसअघि कहिल्यै मतदान नगरेका युवा मतदाताहरु समेत लोकान्तर सञ्चारले आयोजना गरेको मतदाता शिक्षा अन्तक्र्रियामा सहभागी थिए । सहभागी युवाहरुले मतदाता शिक्षा प्राप्त गरेपछि मतदान गर्न उत्साहित रहेको प्रतिक्रिया दिए ।

यस्तै यसअघि मतदान गरिसकेका मतदाताले पनि राम्रोसँग मतपत्र पट्याउन तथा यसपटकको नयाँ संरचना प्रदेश सभामा मत हाल्ने तरिका थाहा पाएको पनि बताए । 

कार्यक्रममा निर्वाचन सामग्री तथा नमूना मतपत्रको प्रयोग गर्दै मत बदर नहुनेगरी मतदान गर्ने विधिबारे जानकारी गराइएको थियो । तीनवटा मतपत्र, मत हाल्ने तरिका, स्वस्तिक छापको प्रयोग लगायतका विषयमा मतदातालाई जानकारी दिइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्