२३ असार २०८३, मंगलबार

शान्ति र स्थिरताका लागि आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छ : सांसद केसी

बैशाख २८, २०८२
काठमाडौं
शान्ति र स्थिरताका लागि आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छ : सांसद केसी
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी केसीले विश्व शान्ति र स्थिरताका लागि आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद केसीले भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको इमान्दारीपूर्वक कार्यान्वयनमार्फत आतंकको कालो बादल समाप्त गर्नुपर्ने बताएका हुन् । 

‘क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ति नै प्रथम आवश्यकता हो । आतंकवादविरुद्ध विश्व जनमत बलियो रूपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिका निम्ति प्रमुख खतरा रहेको अवस्थामा कुनै पनि प्रकारका आतंवकादविरुद्ध दृढतापूर्वक कठोर नीतिलाई सहयोग र समर्थन गर्नु विश्व शान्ति र क्षेत्रीय स्थिरताका लागि हामी सबको कर्तव्य र दायित्व  हो,’ केसीले भने । 

रास्वपाका अशिम शाहलगायत सांसदले पनि भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्