![संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री ओली [जवाफको पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/PM_Kp_Oli_E5WLhC73Sf.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारको नीति कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने सरकारको प्रयास जारी रहने पनि बताएका छन् ।
‘सरकार निर्माणको समयमा संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गरिएको थियो । तसर्थ, सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिवद्ध छ’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको समेत दाबी गरेका छन् ।
यो सरकार काम गर्नैका लागि बन्दै भन्दै ओलीले प्रतिबद्धता मात्रै व्यक्त गर्ने तर, काम नगर्ने प्रवृत्तिलाई यसपटक छोडिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले विगतका योजनाको प्राथमिकीकरण गर्ने विषय नयाँ भएको बताए । त्यस्तै, थालेका काम सक्ने गरी वर्गीकरण गर्ने, तालिका अनुसार सम्पन्न गर्ने, आवश्यक स्रोतको व्यवस्था सम्पन्न हुने गरी बजेटको बन्ने बताएका हुन् ।
विद्यार्थीलाई पढाइसँगै सरकारी सेवाको इन्टर्नसीपमा प्रवेश गराउने, हप्तामा २० घण्टा काम गरेर पढ्न सक्ने, सरकारको फजुल खर्च रोक्नेगरी कार्यक्रम आएकोसमेत ओलीले बताए ।
हेर्नुहोस् जवाफको पूर्णपाठ :