०५ असार २०८३, शुक्रबार

जगदम्बा हस्पिटालिटीले भन्यो– हिल्टन होटल बिक्री भएको कुरा झुटो हो

बैशाख २८, २०८२
काठमाडौं
जगदम्बा हस्पिटालिटीले भन्यो– हिल्टन होटल बिक्री भएको कुरा झुटो हो

जगदम्बा हस्पिटालिटी ग्रुपले काठमाडौंको नक्सालमा रहेको होटल ‘हिल्टन काठमाडौं’ खरिद बिक्री भएको भन्ने  विषय झुटो भएको बताएको छ । होटल खरिद बिक्री सम्बन्धमा कुनै छलफल समेत नभएको हस्पिटालिटीले स्पष्ट गरेको छ ।

जगदम्बा हस्पिटालिटी ग्रुपले आइतबार एक विज्ञप्ति जारी गरी हिल्टन होटल बिक्री भएको भन्ने समाचारले आफूहरू आश्चर्य चकित भएको जनाएको हो । 

‘जगदम्बा हस्पिटालिटी ग्रुपले सञ्चालन गरेको चेन होटल हिल्टन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यस विषयमा कहिँकतै छलफल समेत नभएको जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने अफवाह सामाजिक सञ्जालमा फैलिएको थियो । हस्पिटालिटीले अफवाहपूर्ण समाचारको खण्डन गरेको छ । 

‘राजनीतिक व्यक्ति र व्यापारिक घरनाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका भ्रामक समाचारले व्यवसायको प्रतिष्ठा र राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्‍याउने भएकोले यसप्रति गम्भीर आपत्ति जनाउँछौं’, विज्ञप्तिमा भनिएको छ । 

नक्सालमा रहेको ५ तारे होटल हिल्टन काठमाडौंले उच्चस्तरीय आतिथ्यता प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्