०२ असार २०८३, मंगलबार

ललितपुरबाट प्रचण्डको घोषणा–चुनाव लगत्तै पार्टी एकता, पाँच वर्ष वामपन्थी सरकार

मंसिर १६, २०७४
ललितपुरबाट प्रचण्डको घोषणा–चुनाव लगत्तै पार्टी एकता, पाँच वर्ष वामपन्थी सरकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लगत्तै एमालेसँगको पार्टी एकता प्रक्रियाले पुर्णता पाउने बताएका छन् । 

शनिबार ललितपुरको सुनाकोठीमा आयोजीत चुनावी सभामा प्रचण्डले चुनाव सकिएलगत्तै पार्टी एकताले मुर्त रुप पाउने दाबी गरेका हुन् । 

वामपन्थीहरुका बीचमा देखिएको अभुतपूर्व एकताले नेपालको राजनीतिमा नयाँ आशा र तरंग पैदा भएको बताउँदै एकता भाँड्न दक्षिणपन्थीहरु लागिपरेको उनको अरोप थियो । 

अध्यक्ष प्रचण्डले पहिलो चरणको निर्वाचनमा नेपाली जनताले वाम शक्तिलाई पूर्ण विश्वास गरेको र दोस्रो चरणमा पनि दुई तिहाई मत आफूहरुको पक्षमा आउने दाबी गरे । 

प्रचण्डले अबको पाँच वर्ष देश विकासका लागि वामशक्तिहरुले काम गर्ने बताउँदै देशको मुहार फेर्न जनताले आफुहरुलाई साथ दिने बताए । उनले पार्टी एकता पश्चात् नेपालमा एउटै कम्युनिष्ट केन्द्र रहने दाबी पनि गरे ।  

कार्यक्रममा ललितपुर–३ की वाम उम्मेदवार पम्फा भुषालले समृद्व नेपाल निर्माणका लागि वाम शक्तिका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् । कार्यक्रममा ललितपु–३ का प्रदेश सभाका उम्मेदवार राजकाजी महर्जन र जीवन खड्का लगायतले वाम उम्मेदवारलाई मतदान गर्न मतदातासामु आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्