२५ जेठ २०८३, सोमबार

एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई

बैशाख २८, २०८२
झापा
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् । 

पार्टीको विर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन भएका छन् भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएको पार्टीको निवर्तमान जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए । 

यसैगरी उपसचिवमा होम बराल, श्री मिश्र र उदय बरायली चयन भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि पार्टीको जिल्ला सचिव थिए। पार्टीको दशौँ जिल्ला अधिवेशनको शनिबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्