
भाउजू नाता पर्ने महिलालाई बलात्कार गरेको आरोपमा बागलुङमा एक जना पक्राउ परेका छन् ।
उनी घटना भएको ६ महिनापछि पक्राउ परेका हुन् । २०८१ कार्तिक २५ गते राति ८ बजेको समयमा बागलुङ नगरपालिका-२ मा रहेको पर्वत होटलमा उनले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
भाउजू नाता पर्ने पीडित (परिवर्तित नामथर ०८१।०८२ बागलुङ १०) लाई जबर्जस्ती करणी भागेका उनलाई प्रहरीले यही वैशाख २६ गते पक्राउ गरेको बागलुङका डीएसपी वसन्त पाण्डेले जानकारी दिए ।
उनलाई वैशाख २६ गते बिहान साढे ११ बजेतिर बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट पक्राउ गरिएको उनले बताए । पीडितको जाहेरी दरखास्त समेतका सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालतबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा दिन ५ (पाँच)को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।