३० जेठ २०८३, शनिबार
शुल्कमा मनोमानी

धमाधम विद्यालय अनुगमन गर्दै वाणिज्य विभाग, खोज्यो शुल्कको कानूनी आधार

बैशाख २९, २०८२
काठमाडौं
धमाधम विद्यालय अनुगमन गर्दै वाणिज्य विभाग, खोज्यो शुल्कको कानूनी आधार

बिहीबार भक्तपुर मोडर्न इङ्ग्लिस स्कूलमा  वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली पुग्यो । विभागको बजार अनुगमन टोलीले तीन दिनभित्र स्कूललाई केही कागजातसहित विभागमा उपस्थित हुन निर्देश दियो । 

भोलिपल्ट शुक्रबार विभागको टोली ललितपुर महानगरपालिका-२३ स्थित जेम्स स्कूलमा पुग्यो । र, जेम्स स्कूललाई पनि विभागले तीन दिनभित्र केही कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दियो । 

सोही दिन विभागको टोली ललितपुर महानगरपालिका-१५ स्थित प्रिमियर इन्टरनेशनल स्कूलमा पुग्यो । प्रिमियर स्कूललाई पनि केही कागजातसहित तीन दिनभित्र  विभागमा उपस्थित हुन निर्देशन दियो ।

आइतबार बूढानीलकण्ठस्थित युरो स्कूल र टोखास्थित मिल्सवेरी इन्टरनेशनल स्कूलमा विभागको टोली पुग्यो । आइतबार पनि दुवै स्कूलहरूलाई केही विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

निजी विद्यालयहरूले सेवा सुविधाका नाममा मासिक १/२ हजार रूपैयाँदेखि ६०/७० हजार रूपैयाँसम्म लिइरहेको पाइन्छ । साथै, निजी विद्यालयहरूमा धरौटी समेत राख्ने प्रचलन रहेको छ । जहाँ विद्यार्थी भर्ना गर्नका लागि एक लाख रूपैयाँसम्म धरौटी राख्नुपर्ने हुन्छ । 

सेवा सुविधाका शीर्षकमा कक्षा १ मै मासिक २०/३० हजारसम्म लिने विद्यालयहरू पनि नेपालमै रहेका छन् । तर, कुनै पनि निजी विद्यालयहरूमा सेवा शुल्क नाममा लिइएको रकम कानून बमोजिम छ कि छैन भनेर कुनै पनि निकायबाट हेरिएको छैन । 

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले शुल्क सम्बन्धी व्यवस्था गरेको छ । निर्देशिकाले शुल्क दर निर्धारण गर्ने, शुल्क दर अनुमोदन तथा स्वीकृत गरेर अभिभावक शिक्षक सभाबाट अनुमोदित शुल्क जिल्ला शिक्षा कार्यालयमा पेस गर्नुपर्ने र शिक्षा कार्यालयले मापदण्ड बमोजिम प्रस्ताव गरेको शुल्क यकिन गरी स्वीकृत गर्ने व्यवस्था छ । 

यसका साथै निर्देशिकाले विद्यालयहरूले लिने शुल्कका मापदण्ड नै दिएको छ । तर, निर्देशिका बमोजिम विद्यालयहरूले शुल्क लिएको छ कि छैन भनेर विभागले अनुगमन शुरू गरेको छ । 

सोही अनुरूप विभागले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको पारिश्रमिक, भर्ना र मासिक शुल्कको ढाँचा, विद्यालय दर्ता, कर चुक्ता, नवीकरण, अद्यावधिक र १० प्रतिशत छात्रवृत्तिको विवरण माग गरेको छ । विभागले कुनै पनि विद्यालयले लिइरहेको शुल्कको आधार खोजेको बताएको छ । अर्थात् विभागले विद्यालयहरूले लिइरहेको शुल्क कानून बमोजिम लिइएको छ कि छैन अनुगमन गरिरहेको छ । 

विभागले गत बिहीबार अर्थात् वैशाख २५ गते विद्यालयमा अनुगमन शुरू गरेको छ । हालसम्म ५ वटा विद्यालयलाई विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । आइतबारसम्म भक्तपुरस्थित मोडर्न इङ्ग्लिस स्कूलले केही विवरणसहित उपस्थित भएको विभागका निर्देशक जगदिश आर्चायले बताए । उनका अनुसार प्राप्त भएको विवरण विभागले जाँचबुझ गरेर आवश्यक कारबाही अगाडि बढाउने छ ।

करोडौं/अरबौं विद्यालयमा लगानी गरे पनि लगानीको भारी विद्यार्थीको शुल्कमा जोड्न नमिल्ने विभागका महानिर्देशक कुमार दाहाल बताउँछन् । अनेकौं सेवा सुविधा र रङ्गीचङ्गी संरचना देखाएर विद्यार्थीमाथि अचाक्ली शुल्क लिनेहरू सबैलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

‘हामीले कसैलाई बढी शुल्क लियौं, लिन पाइँदैन भनेको छैनौं । केबल कानून बमोजिम शुल्क लिएको छ कि छैन त्यो हेर्न लागेको हौं । अन्धकारमा बसेर जति पनि शुल्क लिन पाइँदैन’, दाहालले भने, ‘शुल्क लिएको कानूनी आधार चाहिन्छ । यदि भेटिएन भने, बनाउन लगाउँछौं । मानेनन् भने, कारबाही पनि गर्छौं ।’

उदाहरण युरो स्कूलले विभागमा पेस गरेको शुल्कको ढाँचा हेरौं । युरो स्कूलमा भर्ना हुनका लागि धरौटी नै ३० हजार रूपैयाँ राख्नुपर्छ । कन्फर्मेशन  शुल्क मात्रै ६० हजार, वार्षिक शुल्क ५ हजार ६८० र १९ हजार ३२० रूपैयाँ राखेको देखिन्छ । 

यसका साथै वार्षिक आईबी शीर्षकमा १७ हजार ५००, ट्युसनमा २ हजार ८४० र अन्य विभिन्न शीर्षकमा ३४ हजार २६० रूपैयाँ तोकिएको छ । यो केवल कक्षा एकमा पढ्ने विद्यार्थीलाई लिइने शुल्कको ढाँचा हो ।

null


 

salt training

कमेन्ट गर्नुहोस्