०४ असार २०८३, बिहीबार

लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती समारोह शुरू

बैशाख २९, २०८२
बुटवल
लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती समारोह शुरू

लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती समारोह शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको सोमबार बिहान उद्‌घाटन गरेका हुन् ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसदहरू, विदेशी नियोगका प्रतिनिधिहरू समारोहमा सहभागी छन् । 

समारोह अघि मायादेवी मन्दिरबाट शोभायात्रा निकालिएको थियो । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।

लुम्बिनी विकास कोषले बुद्धजयन्तीका लागि एक करोड रुपैयाँ खर्च गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्