३२ असार २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

बैशाख २९, २०८२
म्याग्दी
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो । 

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।​ 

अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए ।

मोटरसाइकल एक्कासि गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्